नियम
रेष्टुराँ तथा रिजर्ट तथा बारमा हुनु पर्ने सुविधा
पर्यटक स्तरको रेष्टुराँ तथा रिजर्ट तथा बार
घटीमा देहाय बमोजिमको सुविधायुक्त हुनु पर्नेछ ः–
(क) अन्तर्राष्ट्रिय स्तर कायम रहने गरी खानपिनको व्यवस्था हुनु पर्ने ।
(ख) राम्रो किसिमका क्रकरी र कटलरी हुनु पर्ने ।
(ग) स्वच्छ र स्वास्थ्यकर पिउने पानीको व्यवस्था हुनु पर्ने ।
(घ) स्त्री र पुरुषको निमित्त रूमाल, साबुन सहित छुटृाछुटृै शौचालयको राम्रो प्रबन्ध
हुनु पर्ने ।
(ङ) एक समयमा कम्तीमा पन्ध्र जना व्यक्तिहरू बसी खान सक्ने व्यवस्था हुनु पर्ने ।
(च) घुंइचो नहुने किसिमको फराकिलो कोठा वा त्यस अनुरूप बस्ने व्यवस्था हुनु पर्ने।
(छ) फर्निचर सफा सुग्घर तथा स्तरयुक्त हुनु पर्ने ।